काठमाडौँ । बायर्न म्युनिखले यस बर्षको डिएफएल सुपरकप जितेको छ ।
गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले भिएफबी स्टुटगार्टलाई २-१ गोल अन्तरले पराजित गर्दै यस बर्षको डिएफएल सुपरकप जितेको हो । बायर्न म्युनिखको जितमा ह्यारी केन र लुइस डियाजले एक एक गोल गरेका थिए । त्यसैगरी भिएफबी स्टुटगार्टका लागि एक गोल जामी लेवेलिंगले गरेका थिए ।
डिएफएल सुपरकप हरेक बर्ष गत सिजनको बुन्डेसलिगा र डिएफबि पोकल विजेता टिमबीच खेल्ने गरिन्छ । कुनै बर्ष दुवै उपाधि एकै क्लबले जितेमा डिएफबि पोकलको उपविजेताले सुपर कप खेल्ने गर्दछ ।
डिएफएल सुपरकपको उपाधि अहिलेसम्म बायर्न म्युनिखले सबैभन्दा बढी ११ पटक जितेको छ । त्यस्तै बोरुसिया डोर्टमण्डले ६ पटक यो उपाधि जितेको छ । बायर्न म्युनिखले यो उपाधि २०२२ पछि यस बर्ष जितेको हो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
