काठमाडौँ । काठमाडौँ महानगरमा सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई जरिवाना गर्न शुरु गरिएको छ ।
आइतबार महानगर प्रहरी बलद्वारा पूर्व सूचना बमोजिम सार्वजनिक स्थानमा धुम्रपान गर्ने व्यत्तिलाई पाँच सय जरिवाना गर्न शुरु गरिएको छ ।
महानगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान गर्ने व्यक्तिलाई प्रत्येकपटक ५ सय रुपैयाँ जरिवाना गर्ने प्रावधान चालु आर्थिक वर्ष २०८२/८३ देखि लागु हुने गरि व्यवस्था गरेको छ ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सार्वजनिक स्थानमा अत्यधिक धुम्रपान र जनगुनासो बढेपछि कडाइ गर्न आर्थिक ऐनमा नयाँ जरिवाना व्यवस्था गरिएको हो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
