काठमाडौं – गृहमन्त्री रमेश लेखकले सोमबार साँझ पदबाट राजीनामा दिएका छन्। मन्त्री स्रोतका अनुसार उनले मन्त्रिपरिषद् बैठककै क्रममा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन्।
सोमबार राजधानीमा जेनजी समूहको आन्दोलन हिंसात्मक बनेको घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको थियो। यस घटनाको जिम्मेवारी लिँदै मन्त्री लेखकले पदमा रहन उचित नहुने बताउँदै राजीनामा दिएका हुन्। उनले यस निर्णयलाई पार्टी बैठकमा पनि अघि बढाइसकेका थिए।





