काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनमा घटेका घण्टाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । तत्काल छानबिन समिति गठन गरेर सत्यतथ्य छानबिन गर्ने निर्णय गरिएको छ ।
जेनजी पुस्ताको आन्दोलनमा अहिलेसम्म काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म ३४७ जना घाइते भएको र विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
