काठमाडौँ । अमेरिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामीले न्यूयोर्क सिटीविरुद्ध फराकिलो जित हासिल गरेको छ ।
विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले न्यूयोर्क सिटीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने भने बाल्टासार रोड्रीगेज र लुइस स्वरेजले एक एक गोल गरेका थिए ।
यो जितपछि इन्टर मियामी लिगको इस्टर्न कन्फेरेन्समा २९ खेलमा ५५ अंक रहेको इन्टर मिलान लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै न्यूयोर्क सिटीको ३१ खेलमा ५३ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
