काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिज आजदेखि शुरु हुदैछ ।
पहिलो खेलमा वेस्ट इन्डिजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै यस खेलमा नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।
युनिटी कप टी-२० नाम दिइएको यस सिरिजको पहिलो खेल आज युएईको शारजाह क्रिकेट स्टेडियममा हुदैछ ।
नेपालले कुनै पनि टेस्ट क्रिकेट देशसँग अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो । त्यसैले पनि नेपालका लागि यो सिरिज ऐतिहासिक बनेको छ । यो सिरिजको दोस्रो खेल सेप्टेम्बर २९ मा र तेस्रो खेल सेप्टेम्बर ३० मा हुने तालिका रहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
