भक्तपुर । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-१० मिलनचोक बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-७ घर भएका २८ वर्षीय सोनम शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
सोनमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
