काठमाडौँ । दशैं अवधिभर नेपालमा मनसुनी गतिविधि सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीबाट आएको न्यून चापीय प्रणालीका कारण असोज १७ देखि १९ गतेसम्म विभिन्न प्रदेशमा हल्कादेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ ।
असोज १७ (एकादशी) मा कोशी, बागमती, गण्डकी र लुम्बिनीमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भारी वर्षा हुने अनुमान छ । असोज १८ (द्वादशी) मा यी प्रदेशहरूमा धेरै स्थानमा मध्यम वर्षा र थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ । असोज १९ (त्रयोदशी) मा भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
दशैंको अन्त्यतिर मनसुन थप सक्रिय भई भूक्षय, बाढी, पहिरो तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
