काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसका सम्मनित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाउनुभएको छ ।
आज शुक्रबार काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै नेता खनालले यस्तो आरोप लगाउनुभएको हो ।
नेता खनालले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको समीकरणलाई उहाँले दलाल पुँजीवादको संज्ञा दिनुभयो । उहाँले नेपाली कांग्रेसलाई दलाल पुँजीवादको संज्ञा दिँदै उहाँले कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गर्नुभयो ।
नेता खनालले अहिले नेकपा एमाले भित्र भूकम्प गएको बताउनुभयो । नेकपा ९एकीकृत समाजवादी० को विकास र बिस्तारलाई रोक्नसक्ने शक्ति कुनै नरहेको जिकिर गर्नुभयो ।
सम्मानित नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ पुनःगठनको प्रक्रिया शुरुवाता हुने बताउनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।