काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरुसँग प्रतिवाद गर्न पार्टीको नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
पार्टी निकट प्रवासी नेपाली एकता मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरु नसुन्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनुभयो ।
अध्यक्ष नेपालले एमालेसँगको बिद्रोहको औचित्य पुष्टि भएकाले त्यस्ता कुरा पार्टीका नेता, कार्यकर्ताहरुले सुन्न आवश्यक नरहेको जिकिर पनि गर्नुभयो । एमालेसँग विद्रोह नगरेको भए दासको रुपमा बस्नुपर्ने अवस्था आउने थियो भन्दै अध्यक्ष नेपालले त्यसबाट आफूहरुले कम्युनिष्ट आन्दोलनको र आफूहरुको भविष्य सुनिश्चित गराएको दाबी गर्नुभयो ।
अध्यक्ष नेपालले एमाले भित्र अहिले पनि केही नेताहरु बिजोक अवस्था रहेको जिकिर गर्दै विद्रोह गरेर आफूहरुले देश र जनताको पक्षमा उभिने कम्युनिष्ट पार्टी बनाएको दाबी गर्नुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।