काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।
प्रचण्डले भोलि असार २८ गते संसदबाट विश्वासको मत लिने कार्यसूची छ। त्यस्तै, कांग्रेसले भोलि बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले बताए।
उनले सांसदहरूलाई तटस्थ नरहन र प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको बताए।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
