काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आज बिहीबार बसेको प्रतिनिधि सभा अन्तरर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।
उद्योगमन्त्री भण्डारीले रोजगारी सिर्जना गरी विदेश पलायन हुने युवा जनशक्ति रोक्नको लागि उद्योग सञ्चालन गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले मुलुमा उद्योगमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गरेर युवाहरुलाई स्वदेश फर्काउन सकिने बताउनुभयो ।
उद्योगमन्त्री भण्डारीले उद्योग मन्त्रालय नीतिगत रुपमा अहिले पनि ओझेलमा परेको बताउनुभयो । उहाँले उद्योग तथा आपूर्ति मन्त्रालयले माग गरे अनुसारको नीतिगत व्यवस्था अझै पनि प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँले मन्त्रालयले नीतिगत सुधारका पक्षहरुलाई विशेष महत्वका साथ सुधारका पक्षमा काम गरिरहेको बताउनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।