हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
कांग्रेस र एमालेले सत्ता साझेदारी गर्ने सहमति अनुसार बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शर्मासमक्ष मंगलबार दिउँसो मात्र दाबी पेस भएको थियो।मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको थियो।
नेपाली कांग्रेस बागमती संसदीय दलका नेता समेत रहेका लामाले एमालेका २७ र कांग्रेसको ३७ गरी६४ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।११० सदस्यीय प्रदेशसभामा नयाँ सरकार गठन गर्न ५६ सांसदको साथ भए पुग्छ ।
लामाको शपथग्रहण भोलि ११ बजे बिहान हुने जनाइएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।