काठमाडौं । संसदीय सुनुवाई समितिले निर्वाचन आयुक्तमा प्रश्तावित कृष्णमान प्रधानलाई अस्वीकृत गरेको छ ।
सोमबारको संसदीय सुनुवाई समितिको बैठकले प्रश्तावित प्रधान स्वयंले नै निर्वाचन आयुक्त पदको नियुक्तिको लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको निवेदन समिति सचिवालयलाई दिनुभएको थियो । पदमा नरहने निवेदन दिनुभएसँगै समितिले निर्वाचन आयुक्तमा प्रश्तावित प्रधानलाई अस्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णय जानकारी गराउँदै समिति सभापति पशुपति समशेर जबराले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० का नियम २६ उपनियम ५ बमोजिम उक्त पदमा नियुक्तिका लागि निजको नाम सर्वसम्मतिबाट अस्वीकृत गर्ने निर्णय भएको बताउनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।