काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा असिमितरुपमा बाघको संरक्षण गर्न नसकिने बताउनुभएको छ । विश्व बाघ दिवस– २०२४ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नेपालको जंगल र क्षेत्रफलको हिसावले धेरै बाघको वृद्धि हुनेगरी संरक्षण गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले सरकारले अन्तर्राष्ट्रिय फोरममा २०१० मा नै बाघको संख्या दोब्बर बनाएकाले अब दुई पटक दोब्बर गर्दा मानिसहरुले देश छाड्नुपर्ने अवस्था आउने धारणा राख्नुभयो । उहाँले नेपालले बाहिरी देशलाई बाघ बाँड्ने सक्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल भन्दा ३८ गुणा अमेजन रेनफारेस्ट जंगल ठूलो रहेकाले बाघका लागि उपयुक्त ठाउँ भएको बताउनुभयो । उहाँले बाघको संरक्षणको लागि वान्यजन्तु र मानिसबीचको द्वन्द्व हराउने गरी प्राप्त क्षेत्र आवश्यक हुने बताउनुभयो । उहाँले बाघको अनकुल ठाउँ र प्रजननका लागि उपयुक्त वातावरण हुनुपर्ने भएकाले असिमिति हुन नहुने बताउनुभयो । उहाँले नेपालले बाघ संरक्षण गर्न धेरै मात्रामा हौसिन नहुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भारतसँग प्राप्त स्थान र जंगल भएकाले नेपालले भन्दा ३० गुणा बढी बाघ पाल्नसक्ने बताउनुभयो । उहाँले नेपालमा ४६ प्रतिशत जङ्गल टुक्रा–टुक्रा भएकाले बाघको लागि पर्याप्त जंगल नभएको बताउनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।