काठमाडौं । सत्ता समिकरण परिवर्तन भए संगै सरकारले वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुखलाई बर्खास्त गरेको छ ।
साउन १४ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वाग्मतीको प्रमुख यादव शर्मा, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुखमा तिलक परियारलाई बर्खास्त गर्ने निर्णय गरेको हो । शर्मा एकीकृत समाजवादीका हुन् भने शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् ।
बर्खास्त गरिएका प्रदेश प्रमुखको ठाउँमा नयाँ व्यक्ति नियुक्त गरिएको छ । वागमतीमा दिपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको हो ।
देवकोटा एमालेका नेता हुन् भने घर्ती र जोशी कांग्रेसका पुराना नेता हुन् । जोशी यसअघि पार्टीको केन्द्रीय सदस्य थिए भने घर्ती रोल्पाका पूर्व जिल्ला सभापति हुन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।