काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाले आज विश्वासको मत लिने हुनु भएको छ । नेकपा एमालेको सर्मथनमा साउन ८ मा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली काँग्रेसका लामाले ३० दिनभित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ ।
विश्वासको मत लिन आज दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १ सय ६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
मुख्यमन्त्री लामालाई एमालेका २७ र काँग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ । पहिलो पटक काँग्रेसबाट सरकारको नेतृत्व लिनुभएका लामाले शनिबार मात्रै १४ सदस्यीय मन्त्रिपरिषद् बनाएर सरकारलाई पूर्णता दिनुभएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।