काठमाडौं । नेपाल सरकारले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै विज्ञप्ति जारी गरेको छ । बङ्गलादेशमा पछिल्ला केही सातादेखिको भएको प्रदर्शन र जनधनको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।
मन्त्रालयले ज्यान गुमाउने व्यक्तिका परिवारजनप्रति समवेदना र सहानुभूति प्रकट गर्दै घाइते सबैको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेको विज्ञप्तिमा उल्लेख छ ।
सबैलाई शान्त र संयमित हुन आह्वान गरेको र लोकतान्त्रिक प्रक्रियामा व्यवस्थित पुनरागमनको महत्वमा जोड दिएको जनाउँदै बङ्गलादेशका सबल र लचिलो जनताले शान्ति र स्थिरतातर्फ सहज संक्रमण सुनिश्चित गर्न सक्षम हुने नेपाल सरकारको विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।