काठमाडौं । टीआरसी विधेयक आगामी संसद् बैठकमा पेस गर्न आग्रहसहित कानुन, न्याय तथा मानवअधिकार समितिले सभामुख देवराज घिमिरेलाई पत्राचार गरेको छ ।
उक्त समितिबाट बिहीबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) माथि दफावार छलफल भई पारित भएसँगै सभापति विमला सुवेदीले प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्न पत्राचार गर्नुभएको हो ।
प्रतिनिधि सभाको २०८० साल वैशाख १५ गतेको बैठकबाट दफावार छलफलका लागि उक्त विधेयक समितिमा पठाइएको थियो । समितिमा विचाराधीन विधेयक शीर्ष तहमै भएको सहमतिअनुसार बिहीबारको बैठकबाट पास भएको हो ।
प्रतिनिधि सभाको आगामी बैठक साउन २९ गते मंगलबार बस्ने भएको छ ।





