काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बंगलादेशको राजनीतिक अवस्था सहज हुनासाथ विद्युत् व्यापार सम्झौता हुने जनाएको छ ।
राजनीतिक परिवर्तनसँगै शेख हसिनाको सत्ता बहिर्गमनपछि केही अन्योलता भए पनि छिट्टै अवस्था सहज हुनासाथ विद्युत् व्यापार सम्झौता हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
‘नेपालको स्वच्छ हरित ऊर्जा छिट्टै बङ्गलादेश पनि निर्यात हुँदैछ । यसका लागि आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बंगलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको छ’, उहाँले भन्नुभयो, ‘बंगलादेशमा सिर्जना भएको राजनीतिक असहजताको अवस्थाले हाल सम्झौता रोकिएता पनि अवस्था सहज हुनासाथ सम्झौता सम्पन्न गरी यसै वर्ष विद्युत् निर्यात सुरु हुने विश्वास लिएका छौँ ।’





