काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ ।
टिकटक फुकुवाको लागि सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ आन्तरिक छलफलमा जुटेका छन् । उनले फुकुवाको प्रस्ताव मन्त्रीपरिषद्मा लैजानका लागि विज्ञसँग छलफल गरिरहेको स्रोतले जानकारी दियो ।
टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवा गर्न लागिएको हो । टिकटकले नेपालका सबै कानुन र सर्त मान्ने लिखित प्रतिबद्धता जनाएको छ ।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटक बन्द गरेको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।