काठमाडौँ । नेकपा एसमा पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम अनुसार महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित हुनुभएको छ । मंगलबार राती आएको मत परिणाम अनुसार राईले १८९ मत ल्याएर रामकुमारी झाक्रीलाई पराजित गर्नुभएको हो । रामकुमारी झाक्रीले ११२ मत ल्याउनुभयो ।
मधशीतर्फ धर्मनाथ साह, खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नथा खतिवडा निर्वाचित हुनुभएको छ ।
यस्तै उपमहासिवमा रामकुमार भट्टराई, मेटमणि चौधरी, राजेन्द्र राई र गरिमा शाह निर्वाचित हुनु भएको छ । सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल पनि निर्वाचित हुनुभएको हो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।