एजेन्सी। जापानमा पछिल्लो ६ महिनामा करिब ३७ हजार जना मानिस घरमा एक्लै मृत फेला परेका छन्। जापान प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदन अनुसार जापानमा ६ महिनामा ३७ हजार दुई सय २७ जना आफ्नै घरमा एक्लै मृत फेला परेका हुन्। मृतकमध्ये ७० प्रतिशतभन्दा धेरै ६५ वर्षमाथि उमेर समूहका छन्।
प्रहरीका अनुसार करिब ४० प्रतिशतको शव एक दिनभित्रै भेटिएको थियो। त्यस्तै ३ हजार ३ सय ९३ जनाको शव मृत्यु भएको एक महिनापछि फेला परेको छ। त्यसैगरी एक सय ३० जनाको ज्यान गएकोमा एक वर्षपछि मात्रै थाहा भएको जापानको राष्ट्रिय पुलिस एजेन्सीले बताएको बीबीसीले उल्लेख गरेको हो।
संयुक्त राष्ट्र संघका अनुसार अहिले जापानको जनसंख्याको सबैभन्दा बढी वृद्ध छन्। जापानमा वृद्धवृद्धाहरू घरमा एक्लै बस्ने हुँदा एक्लोपनका कारण यस्तो समस्या देखिएको बताइएको छ। सन् २०२० को तथ्यांकअनुसार जापानमा एक्लै बस्ने जनसङ्ख्या ३८ प्रतिशत रहेको छ। अहिले त्यो संख्या बढेको अनुमान गरिएको छ।
जापानी राष्ट्रिय जनसङ्ख्या संस्थानले सन् २०५० सम्ममा ६५ वर्ष या त्योभन्दा बढी उमेर समूहका नागरिकको सङ्ख्या एक करोड ८ लाख पुग्ने अनुमान गरेको छ।
यो सङ्ख्या सन् २०३३ मा ४४ प्रतिशतभन्दा धेरै हुने अनुमान छ। सन् २०३३ मा जापानमा प्रतिपरिवारमा सदस्य सङ्ख्या औसतमा दुई जनाभन्दा कम हुने अनुमान छ। विवाह नगर्ने यसको मुख्य कारण कारण रहेको देखिन्छ। जन्मदरमा आएको गिरावट दोस्रो मुख्य कारक हो।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।