काठमाडौं । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुत प्रा.डा. कपिलमान श्रेष्ठले त्यहाँ अवस्थित नेपालीहरुको समस्या समाधान गर्न भुमिका खेल्ने बताउनुभएको छ ।
बुधबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रस्तावित राजदुत श्रेष्ठले दक्षिण अफ्रिकामा बसोबास गर्ने ३ हजार ५ सय नेपालीहरुलाई नेपालसँग सम्बन्ध गाँस्न र आइपरेका समस्या समाधान गर्न भुमिका खेल्ने बताउनुभएको हो ।
प्रस्तावित राजदुत श्रेष्ठले राजदुतावासको क्षमता विकास गर्ने पनि बताउनुभयो । उहाँले दक्षिण अफ्रिकामा नेपालको बारेमा प्रचार–प्रसार गर्दै नेपालसँगको सम्बन्ध फाइदाजनक हुने कुरामा विश्वास दिलाउन लागि पर्ने बताउनुभयो । लगानी भित्र्याउनका लागि निजी क्षेत्रहरुका बीचमा सम्बन्ध स्थापित गराउने र छलफल चलाउने पनि उहाँको भनाई छ ।
प्रस्तावित राजदुत श्रेष्ठले दुई देशका बिचमा क्रिकेट खेलको क्षेत्रमा सम्बन्ध स्थापित गराउने पनि बताउनुभयो । उहाँले राजदुत पद परिवर्तनको वाहकको रुपमा रहेको भन्दै सोही रुपमा पदीय मर्यादा कायम राख्ने बताउनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।