एजेन्सी । भारतीय मणिपुर राज्यमा पूर्वमुख्यमन्त्रीको घरमा रकेट आक्रमण भएपछि फेरि हिंसा भड्किएको छ । मणिपुरका पूर्व मुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा हिजो भएको रकेट आक्रमणमा एक जनाको ज्यान जानुको साथै छ जना घाइते भएका थिए । त्यसपछि आज भएको दुई छुट्टाछुट्टै गोलीकाण्डमा पाँच जनाको ज्यान गएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।
संदिग्ध पहाडी लडाकुले घरमा सुतिरहेका एक वृद्धलाई गोली हानेर हत्या गरेका छन् । वृद्धको हत्यापछि जिरिवाममा कुकी र मैतेई समुदायबीच गोली हानाहान भएको थियो । जसमा चार जनाको ज्यान गएको छ । इम्फालमा रहेको मणिपुर राइफल्सको मुख्यालयमा पनि भीडले आक्रमण गरेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।