काठमाडौं । भियतनाममा भारी वर्षापछि आएको आँधीका कारण ९ जनाको मृत्यु भएको छ । दक्षिणी चीन र फिलिपिन्स हँदै भियतनाम प्रवेश गरेको यागी नाम दिइएको आँधीका कारण जनजीवन अस्तब्यस्त बनेको छ ।
प्रतिघण्टा १ सय ४९ किलोमिटरको दरले आएको आँधीले भौतिक संरचनामा व्यापक क्षति गर्नुका साथै ठाउँठाउँमा रुखहरू ढलेका छन् । आँधीकै कारण सयौ सवारीसाधनमा क्षति पुगेको छ ।
आँधीले भियतनामका विभिन्न तटीय क्षेत्रमा भवनका छाना उडाउँदा सर्यौ घरबार बिहीन बनेका छन् । समद्री तटीय क्षेत्रका कर्यौ डुंगा डुबाएको छ भने पहिरोले दर्जनौ घर पुरिएका छन् ।
उत्तरी भियतनामको पहाडी क्षेत्र होआ बिन्ह प्रान्तमा पहिरोमा परी चार जनाको मृत्यु भएको हो । स्थानीय बासिन्दाका अनुसार, तुआन चाउ टापुमा पार्किङमा राखिएको २३ डुंगामा गम्भीर क्षति पुगेको छ ।
भियतनाम भन्दा पहिले दक्षिणी चीन र फिलिपिन्समा निम्त्याएको यो आँधीको विपत्तिमा कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।