काठमाडौं । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा आज विभिन्न कार्यक्रम गरिँदैछ । नेकपा एमालेले पार्टी कार्यालयमा स्मृति सभाको आयोजना गर्ने भएको छ ।
प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङ बिनाका एक वर्षमा उहाँलाई सम्झना गर्ने कयौं क्षण आएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा नेम्वाङको निधनले दिएको पीडा सम्झदै प्रधनमन्त्री यस्तो बताउनुभएको हो । यस्तै ओलीले प्रथम स्मृति दिवसको अवसरमा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्झना गर्नुभएको छ ।
तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।





