काठमाण्डौं । भूमि सुधार,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउने बताउनुभएको छ ।
सोमवार एशिया किसान संगठनको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । उहँले सरकारले नेपालमा रहेका भूमिहिन किसान, समस्याग्रस्त,अव्यवस्थित सबै किसानहरुलाई व्यवस्थित गर्नेगरी किसानहरुलाई भूमि पनि उपलब्ध गराउने बताउनु भयो । उहाँले भूमिहिन किसानलाई जग्गा उपलब्ध गराए उनीहरुलाई कृषि व्यवसयमा आवद्ध गराएर जीविकोपार्जन गर्न सक्ने गरी उद्यमशिलतामा जोड्ने योजना सरकारको रहेको बताउनु भयो । उहाँले सबै किसानहरुलाई उद्यमशिलतासँग जोड्दै आर्थिक समृद्धितिर बढाउने र जनतालाई सुखी बनाउने लक्ष्य रहेको बताउनु भयो । उहाँले त्यसको लागि मन्त्रालयले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउँने बताउनु भयो । उहाँले नेपालमा रहेका भूमिहिन किसानलाई बासको ग्यारेण्न्ी गर्ने गरी काम गरिरहेको बताउनु भयो । उहाँले काम गर्दा नमिलनेका कुराहरु मिलाएर र कानूनी अल्झनहरुलाई पनि सबैसँगको सहकार्यमा सरकारको अनकुलतामा काम गर्ने योजना रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘सरकारले नेपालमा रहेका भूमिहिन किसान, समस्याग्रस्त,अव्यवस्थित सबै किसानहरुलाई व्यवस्थित गर्ने गरी किसानहरुलाई भूमि पनि उपलब्ध गराउने र कृषि व्यवसयमा आवद्ध गराएर जीविको पार्जन गर्न सक्ने गरी उद्यमशिलताको विकास गर्दै आर्थिक समृद्धितिर बढाउने र जनतालाई सुखी बनाउने लक्ष्यका साथ मन्त्रालयले भूमि समस्या समाधान आयोग बनाउँछ । एक महिनाभित्रै सरकारले भूमि समस्या सामाधान आयोग बनाउँछौं । नेपालमा रहेका भूमिहिन किसानलाई बासको ग्यारेण्टी गर्ने गरी काम गरिरहेका छौ । काम गर्दा नमिलनेका कुराहरु मिलाएर र कानूनी अल्झनहरुलाई पनि सबैसँगको सहकार्यमा सरकारको अनकुलतामा काम गर्ने योजना रहेको छ ।’
उहाँले दक्षिण एशियामा कृषि क्षेत्रमा फरक–फरक प्रणाली रहेको बताउनु भयो । उहाँले विश्वमा पछिल्लो समय खाद्यको मूख्य चुनौती बन्दै गएको बताउनु भयो । उहाँले खाद्य व्यवस्था स्वस्छ नहुँदा स्वास्थमा समेत समस्या आउँदै गएको बताउनु भयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।