मुस्ताङ – मुस्ताङको उपल्लो क्षेत्रमा पर्ने लोमान्थाङमा स्याउ फल्न थालेको छ । ३२ वर्षदेखि कागबेनीमा रहेको जनशान्ति माध्यमिक विद्यालयमा पढाउँदै आउनुभएका नारायण पौडेल यसअघि प्रशस्त स्याउन फल्ने लेते–घाँसामा स्याउ बगान मासिएको र लोमान्थाङमा राम्रोसँग फल्न थालेको बताउनुहुन्छ ।
एक दशक अघिसम्म पनि जोमसोम र मार्फाबाट स्याउ किनेर लैजाने लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ घाराकी छेमा गुरुङले अहिले तीन हजार नौ सय मिटर उचाइमा रहेको घारा गाउँको बगैँचामा स्याउ फलेको बताउनुहुन्छ ।
तल्लो क्षेत्रमा नासिँदै गएको स्याउ खेती माथिल्लो भेगमा फैलिँदै र फस्टाउन थालेको छ । स्याउ खेती हुन छाडेपछि लेते, कुञ्जो, कोवाङ, घासाँका किसानहरूले विकल्पमा ओखर खेती गर्न थालेका छन् । मुस्ताङमा स्याउ खेती उकालो चढ्दै गएको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका प्रमुख पद्यमनाथ आत्रेयले बताउनुभयो ।
यसअघि समुद्री सतहबाट दुई हजारदेखि तीन हजार मिटरको उचाइको भूगोलमा स्याउ खेती हुने गरेकोमा अहिले चार हजार मिटरसम्म स्याउ फल्न थालेको छ । तर दुई हजार मिटर आसपासमा भने स्याउ खेती मासिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।