विराटनगर । नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ ।
आइतबार सत्तापक्षीय संसदीय दलको संयुक्त बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गरेको हो । ६ सदस्यीय कार्यदलमा दुई जना मन्त्री छन् ।
कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना, एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक छन् ।
कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई र कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेस प्रमुख सचेतक गोपाल तामाङ छन् ।
एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार कार्यदललाई न्यूनतम साझा कार्यक्रम तय गर्न २३ असोजसम्मको समय दिइएको छ । समितिले तयार गरेको न्यूनतम साझा कार्यक्रमलाई प्राथमिकतामा राखेर सरकारले आफ्नो काम गर्नेछ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।