काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू पक्राउ पर्छु भनेर नडराएको बताएका छन् ।
मंगलबार फेसबुक लाइभ गर्दै लामिछानेले संसदीय छानबिन समितिले गरेको सिफारिस अनुसार कारबाही भोग्न तयार भएको बताएका हुन् । ‘म डराएको छैन, डराउँदिनँ । अस्ति पनि झोला बोकेरै आएको थिएँ’, उनले भने ।
गत ६ असोजमा गोर्खा मिडिया नेटवर्क मार्फत् भएको सहकारी बचत रकम अपचलनको आरोपमा छविलाल जोशी पक्राउ परेका थिए । जोशी पक्राउ परेपछि रास्वपा सभापति लामिछानेले आफूलाई पनि सरकारले पक्राउ गर्न सक्ने बताएका थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।