काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्याम विहारी मौर्यको इजलासले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
आइतबार विद्युतीय अपराध (साइबर क्राइम) को कसुरमा पक्राउ परेका प्रसाईंलाई अदालतले पहिलोपटक ३ दिन हिरासतमा राख्नका लागि अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि बुधबार प्रहरीले थप ७ दिन म्याद माग्दै अदालत लगेको थियो। तर अदालतले ५ दिन म्याद थप गरिदिएको छ।





