एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज बोर्नमाउथ र साउथह्याम्प्टन खेल्दै छन् । खेल नेपाली समय अनुसार राति पानै १ बजे बोर्नेमाउथ मा डीन कोर्टमा हुनेछ । हिजो भएका खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले हरायो ।
यस्तै ईपस्विच टाउन र एस्टन भिल्लाले २–२ गोलको बराबरी खेले । बोर्नमाउथ पाँच खेलबाट पाँच अङ्कसहित तालिकाको तेह्रौं स्थानमा छ । समान खेल खेलेको साउथह्याम्प्टन एक अङ्कसहित पुछारबाट दोश्रो स्थानमा छ । लिगको शीर्ष स्थानमा लिभरपुल, दोस्रो स्थानमा म्यानचेस्टर सिटी, तेस्रो स्थानमा आर्सनल र चौथो स्थानमा चेल्सी रहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।