काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईं धरौटीमा रिहा भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी निकट एक महिलाले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरेको आरोप लगाउँदै दिएको उजुरीको आधारमा एक साता अघि पक्राउ परेका प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले मंगलबार १ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराध सम्बन्धी दुई वटा कसुरमा ५०/५० हजार रूपैयाँ धरौटी माग गर्दै प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।
प्रसाईंले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।