काठमाडौं, । जनताको नजिकको सरकार भनेर चिनिएको स्थानीय तहमा अनियमितताको श्रृङ्खला बढ्दै गएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा धेरै स्थानीय तहका उजुरी परेका छन् । अख्तियारले जारी गरेको गएको आर्थिक वर्षको प्रतिवेदनमा संघ र प्रदेशकाभन्दा धेरै गुणा बढी उजुरी स्थानीय तहका परेको देखिन्छ ।
सात प्रदेशमध्ये बागमती प्रदेशबाहेक अन्य प्रदेशका स्थानीय तहका उजुरी आयोगमा बढी परेका छन् । आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मधेश प्रदेशमा स्थानीय तहका उजुरी धेरै परेका छन् ।
मधेश प्रदेशमा स्थानीय तहका ६ हजार २६३ उजुरी आयोगमा परेका छन् भने मधेश प्रदेशअन्तर्गत संघका १ हजार ५२७ र प्रदेशका ७३९ उजुरी अख्तियारमा परेका छन् । त्यस्तै कोसी प्रदेशमा पनि सबैभन्दा बढी स्थानीय तहका उजुरी आयोगमा परेका छन् । कोसीबाट १ हजार ९९९ उजुरी स्थानीय तहका आयोगमा परेका छन् ।
बागमतीमा भने संघका उजुरी अख्तियारमा धेरै परेका छन् भने स्थानीय तह र प्रदेशका उजुरी क्रमशः परेका छन् ।त्यस्तै गण्डकी प्रदेशबाट पनि धेरै स्थानीय तहका उजुरी आयोगमा परेका छन् ।
गण्डकीका स्थानीय तहका १५ सय उजुरी आयोगमा परेका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि स्थानीय तहकै उजुरी आयोगमा बढी परेका छन् । आयोगले जारी गरेको प्रतिवेदनअनुसार लुम्बिनीमा २ हजार ९४० उजुरी स्थानीय तहका परेका छन् ।
त्यस्तै कर्णालीका २ हजार १२८ र सुदूरपश्चिमका १ हजार ७४० उजुरी स्थानीय तहका आयोगमा परेको देखिन्छ । यो डाटाले पनि सबैभन्दा बढी भ्रष्टाचारको चलखेल स्थानीय तहमा हुने गरेको पुष्टि गर्दछ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।