काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालिएको छ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालेको जानकारी दिएको छ ।
कास्की प्रहरीका अनुसार उनीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरेर प्रतिवेदन तयार पार्ने काम भइरहेको छ ।
सीआईबीले कार्तिक २ गते साँझ लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी पोखरा लगेको थियो ।
बिहीबार लामिछानेलाई कास्की जिल्ला अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ भने रुपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।