काठमाडौँ । घरेलु मैदानमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल समूह बी विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा सम्पन्न खेलमा श्रीलंकामाथि ६-० गोल अन्तरले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको समाप्तिमा नेपाल ४-० गोलले अगाडि थियो ।
नेपालका लागि पहिलो हाफमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् भने सविता राना मगर र रेखा पौडेलले एक-एक गोल गरे । दोस्रो हाफमा अमिशा कार्की र अश्मी कुमारी घिसिङले एक-एक गोल थपेकी थिइन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
