काठमाडौँ, २५ माघ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार यही माघ ८ गतेको मन्त्रिस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो । मन्त्रालयले १३ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई हालै पत्राचार गर्दै यसका बारेमा जानकारी समेत गराइसकेको छ ।
एम्बुलेन्स सेवामा ‘भुगोल फ्ल्याग’ दूरी एकदेखि पाँच किलोमिटरसम्म मानेर त्यसको भाडादर ३०० देखि ५०० सम्म राखी जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले लागू गर्ने र गराउने पत्रमा उल्लेख छ । तराई र पहाडी स्थानका पिच, ग्राभेल र कच्ची सडकमा दररेट कायम गरिएको चिकित्सा सेवा महाशाखा प्रमुख डा खगेश्वर गेगालद्वारा जारी पत्रमा उल्लेख छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
![khabarsite banner](https://khabarsite.com/wp-content/uploads/Khabarsite-small-banner.jpg)