तनहुँ-पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौलीस्थित मादी नदीको पुलबाट शनिबार राति करिव ११:३० बजेको समयमा बोलेरो जीप खस्दा तीन जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा परि दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसारदमौलीबाट चापाघाटतर्फ जाँदै गरेको जीप पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो । जीपमा सवार पाँचमध्ये कुशल मगर, प्रविन मगर र कुमार मगरको घटनास्थलमै मृत्यु भएको र घाइते भएका चालक रोहित गुट्टा र धिरज रौनिहारलाई उपचारका लागि अस्पताल पठाइएको छ।





