काठमाडौं । आन्तरिक कलहमा फसेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत संघीय सांसदले दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाएका छन् ।
पार्टी अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका हुन् ।
लालवीर चौधरी प्रमुख सचेतक बनाइएको छ ।
गंगाराम संस्थापक नेता रेशम चौधरीका बुबाका हुन् । रञ्जिता भने चौधरीकी पत्नी हुन् ।
रेशम र रञ्जिताबीच पछिल्लो समय तिब्र मतभेद हुँदै आएको छ ।
मन्त्रीपरिषद् पुर्नगठनको पूर्वसन्ध्यामा पार्टीले रञ्जितालाई दलको नेताबाट हटाइनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
प्रतिनिधिसभामा नाउपा केन्द्रका चार सांसद छन् । ती मध्ये तीन जनाले मात्र पछिल्लो निर्णयमा हस्ताक्षर गरेका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।