काठमाण्डाै – बाग्मतीका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासकाे मत प्राप्त गर्नुभएकाे छ । आजकाे प्रदेश सभा बैठकमा उहाँले विश्वासकाे मत प्राप्त गर्नुभएकाे हाे ।
मुख्यमन्त्री लामाले राख्नुभएकाे विश्वासकाे मतसम्बन्धी प्रस्तावमा ६४ जना सांसदले समर्थन दिएका छन् । उहाँलाई कांग्रेसका ३७ र एमालेका २७ जना सांसदले पक्षमा मत दिएका हुन् ।
यस्तै माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपालगायतका ३५ जना सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् । यसैगरी तीन मत तटस्थमा परेकाे छ । आजको प्रदेश सभा बैठकमा एक सय तीन जना सांसद उपस्थित थिए ।




