काठमाण्डाै – नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेशन्स लिगकाे उपाधि जितेकाे छ ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ काे सेटमा हरायाे । नेपालले पहिलाे सेट २५–२३ ले जितेकाे थियाे । यस्तै दाेस्राे सेट भारतले २५–१४ ले जित्याे । यसैगरी तेस्राे सेट नेपालले २५–२२ ले जित्दा चाैथाे सेट भारतले २५–२१ ले जित्याे । त्यसपछि अन्तिम सेट १५–५ ले जित्दै भारतले उपाधि जितेकाे हाे ।




