काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार राष्ट्रियसभा बैठकबाट सर्वसम्मत पारित भएको हो ।
साउन ३० गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक भदौ २ गते राष्ट्रियसभामा प्रस्तुत गरिएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक भदौ ९ गते बस्नेछ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।