काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बीमाले स्वास्थ्य क्षेत्रमा राहत, सुविधा उपलब्ध गराएको भएपनि व्यवस्थित नरहेको बताउनुभएको छ ।
शुक्रबार मन्त्रालयमा स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि मन्त्रालयद्वारा गठित सुधार समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
स्वास्थ्यमन्त्री पौडेलले वर्तमान बीमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिएपनि आवश्यकताअनुसार नभएको बताउनुभयो । उहाँले आंशिक सुविधा मात्रैले नपुग्ने भएकाले मन्त्रालयले बीमाका बारेमा कार्यदल गठन गरी अध्ययन गरेको बताउनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले लक्षित समूहले पूर्ण रुपमा लाभ लिनेगरी स्वास्थ्य बीमा अघि बढाउन जरुरी रहेको बताउनुभयो । स्वास्थ्य बीमालाई व्यवस्थित बनाउन सरकारले काम गरिरहेको बताउनुभयो । नेपालको बीमा प्रणालीलाई व्यवस्थित गर्ने विषयगत डकुमेण्ट प्राप्त भएको उल्लेख गर्दै सबै क्षेत्र समेटिने विषय प्रतिवेदनमा रहेको विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमा पाँच लाख पुयाउँदा कसरी श्रोत सुनिश्चितता गर्ने भन्नेकुरामा पनि प्रतिवेदनमा समेटिएको विश्वास व्यक्त गर्नुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।