एजेन्सी । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डले श्रीलङ्कालाई ९ विकेटले हराएको छ ।
श्रीलङ्काले दिएको १ सय ७९ रनको लक्ष्य घरेलु टोली न्युजिल्यान्डले १ सय ४२ बलअघि नै मात्र १ विकेट गुमाएर भेटायो । न्युजिल्यान्डका विल योङ्गले नटआउट ९० रन बनाए । यस्तै रचिन रविन्द्रले ४५ र मार्क चापम्यानले नटआउट २९ रन बनाए । श्रीलङ्काका वानिन्दु हसरङ्गाले १ विकेट लिए ।
यसअघि वेलिङ्गटनमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४३ ओभर ४ बलमा १ सय ७८ रनमा अलआउट भयो । श्रीलङ्काका अभिष्का फर्नान्डोले सबैभन्दा धेरै ५६ रन बनाए । न्युजिल्यान्डका म्याट हेनरीले ४ विकेट लिए ।
योसँगै न्युजिल्यान्डले तीन खेलको एकदिवसीय शृङ्खलामा १–० ले अग्रता लिएको छ । शृङ्खलाको दोस्रो खेल आउँदो बुधवार र तेस्रो तथा अन्तिम खेल शनिवार हुनेछ ।
यसअघि भएको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला न्युजिल्यान्डले २–१ ले जितेको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।