काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि बिहान ११ बजे छलफल शुरु हुँदैछ।
आज अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम शुरु हुने नेता हितबहादुर तामाङले जानकारी दिनुभयो। पहिलो दिनको बैठकको शुुरुमा ७ भूगोल ३ गैर भूगोलका अध्यक्षले रिपोर्टिङ गरेका थिए।
त्यसपछि अध्यक्ष प्रचण्डले समसमायिक राजनीति, पार्टी संगठन सुदृढीकरण, भावी रणनीतिलगायत विषय समिटिएको प्रतिवेदन पेश गर्नुभएको थियो। माओवादी केन्द्रको बैठक २४ गते बुधबार सक्ने तयारी छ ।





