डडेल्धुरा । डडेल्धुरामा एक जनाले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। अमरगढी नगरपालिका-३ मल्लो पथरोडामा गोली प्रहार गरेर ३२ वर्षीय डम्बर थापा मगरले श्रीमतीको हत्या गरेका हुन्।
उनले घरायसी विवाद हुँदा सोमबार बेलुका २४ वर्षीया श्रीमती अस्मिता थापा मगरको भरूवा बन्दुकले गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ।
श्रीमतीको हत्यापछि फरार डम्बरलाई प्रहरीले जंगलबाट भरुवा बन्दुकसहित पक्राउ गरेको छ। हत्याका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
