धादिङ,३० माघ २०८१ । धादिङमा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । धादिङको गल्छीमा रहेको नमूना वागेश्वरी बहुमुखी क्याम्पसको आयोजनामा यहि फागुन १० गते नमूना वागेश्वरी कप दोश्रो जिल्ला स्तरीय चेस टुर्नामेण्ट हुन लागेको हो ।
प्रतियोगिताका फिडे निर्णायक सन्दिप घिमिरेका अनुसार प्रतियोगितामा प्रथमदेखि पाँचौं स्थानसम्म हुने खेलाडीलाई नगद सहित पुरस्कार दिईनेछ । प्रथम हुनेले नगद १० हजार, दोस्रोले नगद ७ हजार, तेस्रो हुनेले नगद ५ हजार, चौथो हुनेले नगद ३ हजार, पाँचौ हुनेले नगद २ हजार, महिला तर्फ उत्कृष्ठ एकजनालाई नगद २ हजार र १६ बर्ष मुनिका एक जना र ५५ बर्ष माथिका एक जना उत्कृष्ठ खेलाडीले हुनेले नगद दुई हजार पुरस्कार प्राप्त गर्नेछन् । पहिलो,दोश्रो र तेश्रो हुनेले नगदका साथै मेडल र प्रमाणपत्र पनि पाउनेछन् ।
त्यसैगरी क्याम्पसका विद्यार्थी मध्ये उत्कृष्ठ खेलाडी एकजनाले नगद २ हजार पुरस्कार पाउनेछन । प्रतियोगितामा सहभागी हुने टिमले रु ५०० दर्ता शुल्क बुझाउनु पर्ने आयोजकले जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
