काठमाण्डाै। प्रधानमन्त्री केपी शर्मा ओलीले गएको शुक्रवार काठमाण्डौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार रहेका आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाकाे आजकाे बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले राजावादीका तर्फबाट भएका हिंसक गतिविधिका लागि शाह जिम्मेवार रहेका बताउनुभएको हो । झन्डै एक वर्षदेखि सरकार र व्यवस्थाप्रति घृणा फैलाउने काम भइरहेको भन्दै उहाँले कथित जनकमान्डर खटाएको दाबी गर्नुभयो । आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन भन्दै उहाँले यसमा पूर्वराजा शाहले पनि उन्मुक्ति नपाउने बताउनुभयो
शुक्रवार राजावादीहरूकाे प्रदर्शन हिंसात्मक बन्दा एक जनाको गोली लागेर र एक जनाको जलेर ज्यान गएको थियो । प्रदर्शनकारीहरूले भवन तथा गाडीहरूमा आगजनीसँगै पसलमा लुटपाटसमेत गरेका थिए ।
शुक्रवार नै भएको विपक्षी समाजवादी मोर्चाको कार्यक्रमका लागि भने प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभयो । ओलीले सम्बोधन गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने प्रयोग भएको भाषाप्रति विरोध व्यक्त गरेका थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
