काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थल सदन नभएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा कुलमान घिसिङको बर्खास्ती प्रकरणबारे बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थल सदन नभएको बताउनुभएको हो । सामान्यतः विभागीय मन्त्रीले कर्मचारी सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत चेतावनी दिने वा पदमुक्त गर्नेसम्मका काम गर्ने उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले घिसिङको विषय अदालत प्रवेश गरिसकेको भन्दै थप टिप्पणी नगर्ने बताउनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
